सिम्रिक एयरकाे हेलिकप्टर दुर्घटना, एक जनाकाे मृत्यु
एक्सन खबर
काठमाडाैं, २२ बैशाख । सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दिउसाे १:१० बजे संखुवासभाको भोटखोला–४ मा हेलिकप्टर दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परेर स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले बताए । हेलिकप्टरमा सवार चार जना गम्भीर घाइते छन् । भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ ।
मृतक गुरुङ हेलिकप्टरमा सहयोगी थिए । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएकाे छ । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
0 प्रतिकृया