Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


याे वर्ष सरदर भन्दा कम वर्षा हुने, तापक्रम पनि बढ्ने

एक्सन खबर
बैशाख, २४, २०८०


याे वर्ष सरदर भन्दा कम वर्षा हुने, तापक्रम पनि बढ्ने

काठमाडाैं, २४ बैशाख । आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

विभागले आगामी मनसुन सिजन (२०८० जेठ १८ देखि असोज १३) को जलवायुको आँकलन राष्ट्रिय मनसुन फोरम आयोजना गरी प्रतिवेदन सार्वजनिक गरेको हाे । प्रतिवेदन अनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशत देखि ५५ प्रतिशत रहेको जनाएकाे छ ।

तथापि, कोशी प्रदेशका मध्य तथा उत्तर-पूर्वी भू-भाग, बागमती प्रदेशका दक्षिण-पूर्वी भू-भाग र मधेश प्रदेशका अधिकांश भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको छ ।

अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशत देखि ५५प्रतिशतसम्म रहेको विभागकाे भनाइ छ । त्यसैगरी न्यूनतम तापक्रम केहि स्थानमा सरदर र केहि स्थानमा सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको छ ।

धेरैजसो भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५प्रतिशत रहेको छ भने सुदुरपश्चिम प्रदेशका मध्य भू-भाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भू-भाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भू-भाग, लुम्विनी प्रदेशको पूर्वी तथा पश्चिमी भू-भाग र मधेश प्रदेशका पूर्वी भू-भागमा सरदर हुने सम्भावना ३५प्रतिशत देखि ४५प्रतिशत रहेको छ ।

यस्तै, आगामी जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको बताइएकाे छ । यद्यपि, सरदर भन्दा कम वर्षा हुने सम्भावना स्थान विशेष फरक रहेको छ ।

कर्णाली प्रदेशका अधिकांश भू-भाग, गण्डकी प्रदेशका धेरैजसो भू-भाग,  सुदुरपश्चिम प्रदेशका मध्य तथा उत्तरका थोरै भू-भाग, लुम्बिनी प्रदेशका पश्चिमी तथा मध्य भू-भाग र कोशी प्रदेशका दक्षिणी भू-भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशत देखि ५५प्रतिशत रहेको छ ।

कोशी प्रदेशका पश्चिमी भू-भाग, बागमती प्रदेशका धेरैजसो भू-भाग, लुम्विनी प्रदेशका केहि भू-भाग र सुदुरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, बैतडी तथा बझाङ लगायतका भू-भागमा सरदर भन्दा कम हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ ।

कोशी प्रदेशका मध्य तथा उत्तर-पूर्वका थोरै भू-भाग, बागमती प्रदेशका दक्षिण-पूर्वी भू-भाग र मधेश प्रदेशका अधिकांश भू-भागमा सरदर वर्षा हुने ३५ प्रतिशत देखि ४५ प्रतिशत सम्भावना रहेको छ ।

विभागले याे वर्ष सुदुरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भू-भाग, लुम्विनी प्रदेशका पश्चिमी, उत्तरी तथा पूर्वी भू-भाग, गण्डकी प्रदेशका दक्षिणी तथा मध्य भू-भाग, बागमती प्रदेशका मध्य तथा दक्षिणी भू-भाग र मधेश प्रदेशका पश्चिमी भू-भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना रहेको जनाएकाे छ । ती क्षेत्रमा ४५ प्रतिशत देखि ५५ प्रतिशत सरदर तापक्रम भन्दा बढी हुने भनेकाे छ । बाँकी भू-भागमा सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ ।

त्यस्तै, सुदुरपश्चिम प्रदेशका मध्य भू-भाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भू-भाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भू-भाग, लुम्विनी प्रदेशको पूर्वी तथा पश्चिमी भू-भाग र मधेश प्रदेशका पूर्वी भू-भागमा  न्यूनतम तापक्रम सरदर हुने सम्भावना ३५ प्रतिशि देखि ४५ प्रतिशत रहेको छ । बाँकी भू-भागमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
















0 प्रतिकृया