Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


सुनसरी–१ मा कांग्रेसको प्रशिक्षण अभियान

एक्सन खबर
बैशाख, २५, २०८०


सुनसरी–१ मा कांग्रेसको प्रशिक्षण अभियान

धरान, २५ बैशाख । नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. १ मा प्रशिक्षण अभियान सम्पन्न गरेको छ । कांग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल र नेपाल शिक्षक संघको प्राविधिक सहयोग र वडा कार्य समितिको व्यवस्थापनमा क्षेत्र अन्तर्गतमा २७ वटै वडामा वृहत प्रशिक्षण अभियानको आयोजना गरेको हो ।

नेपाली कांग्रेसको इतिहास, स्थापना र विकास, कांग्रेसले देश र जनताका लागि गरेको ऐतिहासिक आन्दोलन, कांग्रेस नेतृत्वमा हालसम्म भएको कार्य, कांग्रेसको विधान, नीति तथा कार्यक्रम, संस्थापक नेताहरुको जीवनी, पार्टीलाई जनता र समाजसँग जोड्न गर्नुपर्ने कार्य, संगठन विस्तारमा ध्यान दिनुपर्ने विषय, पार्टी सदस्यको आचरण र व्यवहार, पूर्वाधार विकास, सुशासन लगायतका विषयमा प्रशिक्षण दिईएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।

प्रशिक्षणले पार्टी कार्यकर्ताको खस्किदो मनोवललाई उच्च बनाउन र पार्टी जीवनमा नयाँ रक्त सञ्चार गराउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए । प्रशिक्षक भई वडाहरुमा खटिएका प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल शिक्षक संघमा आवद्ध शिक्षक तथा प्राध्यापकहरुले पार्टीले सुम्पिएको महत्वपूर्ण जिम्मेवारीलाई उत्साहपूर्वक वहन गरेको बताएका छन् । उनीहरुले यस अभियान मार्फत आफुहरु पनि प्रशिक्षित भएको बताए । १ नं. क्षेत्रीय कार्यसमितिले शिक्षक तथा प्राध्यापकहरुलाई यस अघि नै सहमहामन्त्री बद्री पाण्डे मार्फत प्रशिक्षित गराएका थिए ।

एकै पटक २७ वटै वडामा भएको प्रशिक्षण कार्यक्रममा विभिन्न वडामा प्रदेश महामन्त्री उमेश थापा, जिल्ला उपसभापति पंकज महतो, जिल्ला सचिव माधव घिसिङ, जिल्ला सहसचिव गणेश सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्यहरु पर्वत राई, जगत कार्की र नारद राई, प्रदेशसभा सभापतिद्धय अनिल श्रेष्ठ र मुरारी भट्टराई, नगर सभापतिहरु श्याम पोखरेल, रमेश कार्की र सुदिप अधिकारी, नेता किशोर राई, महाधिवेशद्धय प्रतिनिधि संदिप श्रेष्ठ र दिपेश बस्नेत लगायतका नेताहरुले मन्तव्य राखेका थिए ।

उनीहरुले प्रशिक्षणले कार्यकर्तामा उत्साह र उत्प्रेरणा जगाएको तथा संगठनलाई चलायमान र बलियो बनाउनुका साथै पार्टीमा वैचारिक स्पष्टता र एकता कायम गराउन टेवा पुगेको बताएका छन् ।

पार्टीलाई जीवन्त राख्न तथा जनतामुखि र कार्यकर्तामुखि बनाउन प्रशिक्षण अति आवश्यक भएको भन्दै यस्ता अभियान निरन्तर हुनुपर्ने क्षेत्रीय सचिव तथा प्रवक्ता केशव पुरी र बराहक्षेत्र १ र २ का सभापति ईश्वर थापा र अमर कटवालले प्रतिक्रिया दिएका छन् ।

प्रशिक्षण अभियानमा हरिनाथ वास्तोला, डा. गोविन्द सुब्बा, गिरिराज आचार्य, डा. आनन्द आचार्य लगायतका पुराना नेताहरु समेत परिचालित भएका थिए । क्षेत्रीय सभापति सुजेन्द्र तामाङ नेतृत्वको टोलीले प्रशिक्षण अभियानको अनुगमन समेत गरेका थिए ।














0 प्रतिकृया