Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि संसदमा छलफल हुँदै

एक्सन खबर
बैशाख, २५, २०८०


बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि संसदमा छलफल हुँदै

काठमाडाैं, २५ बैशाख । आजदेखि प्रतिनिधि सभामा बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु हुँदैछ । स‌ंसद् बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएकाे छ । प्रतिनिधि सभा बैठकमा २७ गतेसम्म प्रिबजेट छलफल हुनेछ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रिबजेटमाथि छलफल गर्ने कार्यसूची छ ।

वैशाख २७ गते अर्थमन्त्री डा प्रकाशशरण महतले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची छ । अर्थमन्त्री महतले हिजाे हिउँदे अधिवेशन सुरू भएकै दिन बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए ।

बजेट पेस गर्नु १५ दिनअगावै प्रिबजेट छलफल सक्नुपर्ने अभ्यास र सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।













0 प्रतिकृया