Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


‘सर्जरी खोजेको अर्थतन्त्रमा झारफुक गरेर उम्कने अवस्था छैन’ डा. स्वर्णिम वाग्ले

एक्सन खबर
बैशाख, २५, २०८०


‘सर्जरी खोजेको अर्थतन्त्रमा झारफुक गरेर उम्कने अवस्था छैन’ डा. स्वर्णिम वाग्ले

काठमाडौं, २५ वैशाख । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले  ‘सर्जरी खोजेको अर्थतन्त्रमा झारफुक गरेर उम्कने अवस्था नभएकाे बताएका छन् । संसदमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बाेल्दै डा. वाग्लेले सरकारको बजेटको सिद्धान्त तथा प्राथमिकताबाट धेरै उत्साह हुने अवस्था नरहेको पनि बताए ।

यद्यपि, सरकारकाे नीति तथा कार्यक्रम र बजेटसम्म आउँदा उत्साह जगाउने विश्वास चैं रहेको उनले बताए । ‘सर्जरी खोजेको अर्थतन्त्रमा झारफुक गरेर उम्कने अवस्था छैन’ डा. वाग्लेले भने ।

वित्त नीतिमा लचिलो बन्ने स्पेस छैन भन्दै मौद्रिक उपकरणबाट अगाडि जान्छौं भन्ने अर्थमन्त्रीको भनाइ गलत भएको वाग्लेकाे भनाइ छ । खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने लचिलो बन्ने पर्याप्त ठाउँ रहेको बताए ।



बजेटको सिद्धान्त तथा प्राथमिकतामा दीगो विकास र जलवायु परिवर्तनका कुरा आउनु सकारात्मक भएपनि त्यसबाट अर्थतन्त्रमा कसरी अगाडि लैजाने भन्ने रोडम्याप नदेखिएको वाग्लेकाे जिकीर छ । ‘अर्थमन्त्रीले वित्त नीतिमा लचिलो र रचनात्मक हुने अवस्था छैन, मौद्रिक उपकरणबाट मात्रै अगाडि जान्छौं भनेको सुनियो । यो गलत हो, वित्त नीतिमा खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने पर्याप्त ठाउँ छ । यसको लागि जलवायु परिवर्तन र दीगो विकासको मुद्दाबाट पनि अगाडि बढ्न सक्नुहुन्छ ।’ डा. वाग्लेले संसदमा भने ।

दोस्रो जेनरेसनको विकास चुनौतीसँग अगाडि बढ्नु पर्ने बताउँदै वाग्लेले भने, ‘हिजोको धुले सडक, विद्यालय भवन र खानेपानी अहिलेको प्राथमिकता होइन । अब कसरी गुणस्तरीय शिक्षा र पूर्वाधार दिने भन्ने प्राथमिकता हुनपर्छ ।बजेटको सिद्धान्त तथा प्राथमिकतामा त्यो पाइएन ।’

बजेटको सिद्धान्त तथा प्राथमिकतामा निजी क्षेत्रको मनबोल बढाउने कुरा आउनु सकारात्मक भएको बताए । साथै, नेपाली कांग्रेसको घोषणापत्रमा ओम्नीबस आर्थिक सुधारको कुरा गरिएको जानकारी दिँदै २४ देखि ४८ वटा ऐनको खारेजी र संशोधनको कुराहरू पढेर कार्यान्वयन गरिदिन अर्थमन्त्रीलाई भने ।













0 प्रतिकृया