Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

एक्सन खबर
बैशाख, २५, २०८०


प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

काठमाडाैं, २५ बैशाख । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरिएकाे छ । सोमबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको हाे ।

परिषद् सदस्य समेत रहेकी उपसभामुख इन्दिरा रानामगरले वरिष्ठताको आधारमा कार्की लाई प्रधानन्यायाधिशमा सर्वसम्मत सिफारिस गरिएको जानकारी दिइन् । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन ।  

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना,  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए ।

संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।













0 प्रतिकृया