Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

एक्सन खबर
बैशाख, २६, २०८०


भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

काठमाडाैं, २६ बैशाख । नेपाल प्रहरीले भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप दुई जनालाई पक्राउ गरेको हाे ।

प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी छन् । केसी र चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाको भूमिका खेलेको आरोप छ ।

प्रकरणमा प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । सांसद टोपबहादुर रायमाझी भने फरार छन् ।

योसँगै प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । फरार सांसद रायमाझीकाे घरमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेकाे थियाे । उनलाई प्रहरीले खोजी गर्न ७७ वटै जिल्लामा पत्राचार गरेको छ भने, केन्द्रीय अनुसन्धान ब्युरोले पनि उनको खोजी गर्न टोली परिचालन गरेको छ ।

प्रकरणमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका श्रीमती सांसद आरजु राणा, बालकृष्ण खाँडकी श्रीमती सांसद मञ्जु खाँडकाे समेत संलग्नताकाे आशंका गरिएकाे छ । सार्वजनिक एक अडियाेमा विचाैलियाले श्रीमती राणा र खाँडलाई क्रमशः २ कराेड र ६ कराेड बुझाएकाे जिकीर गरिएकाे छ ।

उक्त अडियाेबारे प्रहरीले छानविन गरिरहेकाे छ भने, सांसदद्वय राणा र खाँडले प्रकरणमा कुनै संलग्नता नरहेकाे प्रष्टिकरण दिइरहेका छन् ।













0 प्रतिकृया