Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


यौन दुर्व्यवहार मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

एक्सन खबर
बैशाख, २७, २०८०


यौन दुर्व्यवहार मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन् । अमेरिकी लेखक इ. जिन क्यारलले ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार र मानहानी गरेको आरोप लगाउँदै दर्ता गरेकाे मुद्दामा म्यानहटन ज्यूरीले ट्रम्पलाई दोषी ठहर गरेको हो ।

उक्त मुद्दामा फैसला गर्दै मंगलबार म्यानहटन ज्यूरीले ट्रम्पलाई दोषी ठहर गरेको द न्युयोर्क टाइम्सले जनाएकाे छ । ट्रम्पविरूद्ध लगाएको बलात्कारको आरोप भने ज्युरीले खारेज गरिदिएको छ ।

ज्युरीले यौन दुर्व्यवहार र मानहानीमा दोषी ठहर भएपछि पीडितलाई पाँच मिलियन डलर क्षतिपूर्ति दिन आदेश गरेको छ । क्यारोललगायत दर्जनौं महिलाहरूले ट्रम्पविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर गरेका छन् ।

ट्रम्पले आफूमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप लगातार खण्डन गर्दै आइरहेका थिए । सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्न सक्ने बताइएकाे छ ।

आगामी राष्ट्रपति निर्वाचनलाई लिएर ट्रम्पविरोधी अभियानअन्तर्गत यो फैसला आएको  बताउँदै ज्युरीको आदेशविरुद्ध अपिल गर्ने ट्रम्पकाे सचिवालयले जनाएको छ ।













0 प्रतिकृया