नेकका प्राध्यापकहरु वर्ल्ड वेस्ट साइन्टिस्ट लिस्टमा
एक्सन खबर
काठमाडौं, २८ बैशाख । नेपाल इन्जिनियरिङ कलेज (नेक) का प्राध्यापकहरु वर्ल्ड वेस्ट साइन्टिस्ट लिस्टमा परेका छन् । कलेजमा प्राध्यापन सँगै विभिन्न सोध अनुसन्धान गर्दै आइरहेका प्राध्यापकहरु वर्ल्ड वेस्ट साइन्टिस्ट टपमा परेका छन् । साइन्टिफिक इन्डेक्स २०२३ को इन्डेक्समा नेकका प्राध्यापकहरु परेका हुन् ।
साइन्टिफिक इन्डेक्सले विश्वभरका बैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापकहरुले प्रकाशन गरेको खोज अनुसन्धानको रिपोर्टलाई आधार बनाएर वर्ल्ड वेस्ट साइन्टिस्टमा राख्ने गर्दछ ।
साइन्टिफिक इन्डेक्सको लिस्ट अनुसार कलेजका ख्यातिप्राप्त बैज्ञानिकहरू मध्ये नेकका सह प्राध्यापक नारायण कोजू एक नम्बरमा छन् । लोपोन्मुख हिम चितुवाको बासस्थान, आहार लगायतका विषयमा खोज अनुसन्धान गर्दै आइरहेका छन् । दोश्रो नम्बरमा नेककै सह प्राध्यापक कृष्णविक्रम शाह रहेका छन् । नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ, इ. आशिष झा, किरण प्रसाद आचार्य, सुजन आचार्य, सचिन श्रेष्ठ, रोहित बल, रघुनाथ प्रजापति, रोजिना देउजा लिस्टमा छन् ।
नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले सोध, अनुसन्धानका लेख र रिपोर्टहरुका आधारमा साइन्टिफिक इन्डेक्सले विश्वभरबाट टप साइन्टिसहरुको सूची बनाउने बताए । ‘हामीले लेखेका, प्रकाशन गरेका सोध र अनुसन्धानका पेपरहरु कतिले अध्ययन गरे, त्यसकै आधारमा कत्तिको सोध अनुसन्धानहरु भए भन्ने आधारहरु हेरेर रेङ्किङ गर्दछन् । नेकका धेरै प्राध्यापकहरु त्यो लिस्टमा परेका छन् ।’ प्रिन्सिपल डा. श्रेष्ठले भने ।
अनुभव, दक्षता र विज्ञताका हिसाबले नेकमा अब्बल प्राध्यापकहरु रहेकाले गुणस्तरीय इन्जिनियरिङ शिक्षा दिन सकिएको हो । कलेजले सबै विषयमा पूर्णकालिन प्राध्यापकहरुको व्यवस्थापन गरेकाले त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले जुनसुकै बेला आफ्ना प्राध्यापकहरुसँग शैक्षिक अन्तरक्रिया गर्न पाउँछन् ।
साइन्टिफिक इन्डेक्सले विश्वभरका २१८ देशका विश्वविद्यालय, कलेज, बैज्ञानिक, सोध अनुसन्धानकर्ताहरुको एकेडेमिक ज्ञानको अध्ययन गर्दै उनीहरुले प्रकाशन गरेको सोध अनुसन्धानहरुको अध्ययन गर्दै इन्डेक्स प्रकाशन गर्दछ ।
पछिल्लो साइन्टिफिक इन्डेक्सका अनुसार हार्वर्ड विश्वविद्यालयका रोनाल्ड सी केसलर पहिलो स्थानमा छन् । स्ट्यानफोर्ड विश्वविद्यालयका यी कुई दोश्रो स्थानमा रहँदा युनिभर्सिटी अफ अक्सफोर्डका अमान्डा कुपर सरकार तेश्रो स्थानमा छन् ।
0 प्रतिकृया