Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा केएमसीमा कार्यक्रम

एक्सन खबर
बैशाख, २९, २०८०


अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा केएमसीमा कार्यक्रम

काठमाडौं, २९ बैशाख । काठमाडौं मेडिकल कलेजले अन्तराष्ट्रिय नर्सिङ दिवस मनाएको छ । केएमसीले सो अवसरमा शुभकामना आदान प्रदान गर्दै फ्लोरेन्स फ्लोरेन्स नाइटिङ्गेलले अपनाएको मानव सेवाको बाटोमा अग्रसर हुन नर्सहरुलाई प्रेरित गरेको छ ।

कार्यक्रममा बोल्दै केएमसीका जनरल मेनेजर नारायण दाहालले युद्धमा घाइतेहरुको उपचार र हेरचाहमा फ्लोरेन्स नाइटिङ्गेल देखाएको मानवता र अपनत्वलाई सबै स्वास्थ्यकर्मीले अनुशरण गर्दै काम गर्नुपर्ने बताए ।

सन् १८५४ मा बेलायत, फ्रान्स र टर्कीले रुसविरुद्धको युद्धमा घाइतेहरुको उपचारमा कोही नहुँदा देश र जनताका लागि ज्यान दाउमा राखेर युद्ध लड्ने सैनिकहरुको उपचार र स्याहारमा फ्लोरेन्स नाइटिङ्गेल अगाडी सरेर ठूलो मानव कर्म गरेको उदाहरण दिँदै जनरल मेनेजर दाहालले रोगी, अशक्त र असहायहरुको सेवा भन्दा ठूलो कर्म केही नभएको बताए ।

‘फ्लोरेन्स नाइटिङ्गेलले युद्धमा घाइते भएका सेनाको जीवन बचाउन ठूलो मानवियता प्रस्तुत गरेकी थिइन् । युद्धमा घाइतेहरुको उपचार, स्याहार सुसार गर्दा ठूलो मानवीय क्षती हुनबाट जोगिएको थियो । आफ्नै स्वास्थ्यको ख्याल नगरी दिनरात बिरामीको सेवा गर्ने नाइटिङ्गेलको आज पनि उत्तिकै खाँचो छ । यहाँहरुको काम र सेवाले नै अस्पताल अगाडी बढ्ने हो । तपाईहरु सबैलाई फ्लोरेन्स नाइटिङ्गेलको मार्गदर्शनमा चल्ने प्रेरणा मिलोस् ।’ दाहालले भने ।

कार्यक्रममा मेट्रोन कृष्णेश्वरी दुलालले नर्सिङ पेशा मानव सेवा र संवेदनासँग जोडिएको चर्चागर्दै गुणस्तरीय नर्सिङ सेवा भएमात्र बिरामीहरुलाई चाडै निको पार्न सकिने बताउँदै नर्सिङ पेशा सम्मानीत र गौरब गर्न याग्य पेशा रहेको बताइन् । कार्यक्रममा सहायक मेट्रोनद्वय बन्दना रिजाल र रेजिना पौडेलले पनि शुभकामना मन्तव्य राखेका थिए ।

केएमसीले हरेक वर्ष विश्व नर्सिङ दिवसको अवसरमा कार्यक्रम गर्ने गरेको छ । नर्सहरूको अन्तर्राष्ट्रिय परिषद्ले फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन मे १२ लाई अन्तर्राष्ट्रिय नर्स दिवसको रूपमा मनाउँदै आएको छ । नाइटिङ्गेलको जन्म १२ मे १८२० मा भएको थियो ।















0 प्रतिकृया