Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


मानव तस्करीमा राज्यका जुनसुकै तहका व्यक्ति भए पनि कानुनी कठघरामा ल्याउँनुपर्छ : शेखर कोइराला

एक्सन खबर
बैशाख, ३०, २०८०


मानव तस्करीमा राज्यका जुनसुकै तहका व्यक्ति भए पनि कानुनी कठघरामा ल्याउँनुपर्छ : शेखर कोइराला

३० वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कानुनी कठघरामा ल्याउनुपर्ने नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै डा. काेइरालाले राज्यका जुनसुकै तहका व्यक्ति भए पनि छोड्न नहुने बताएका छन् ।

मानव तस्करजस्तो घृणित कार्यमा राज्य नै सञ्जाल खडा गरेर संलग्न हुनुले विश्व समुदायमा मुलुकको शिर निहुरिएको डा. काेइरालाले उल्लेख गरेका छन् । ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं,’ उनले भनेका छन् ।

राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्ने डा. काेइरालाकाे भनाइ छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणकाे घटनाले देशको शासक र प्रशासकप्रति नागरिकको चरम अविश्वास बढेको बताउँदै उनले यसले लोकतन्त्र र संविधानलाई नै असुरक्षित पारेको पनि जिकीर गरेका छन् ।

‘याे देशकाे शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढदाे छ, यसले हामीले दशकाै संघर्ष गरेर ल्याएकाे लाेकतन्त्र र संविधानलाई असुरक्षित पारेकाे छ ।’ भ्रष्टाचार विरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानकाे थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालाेवाट उन्मुक्ति दिने समय आएकाे डा. काेइरालाकाे भनाइ छ ।

प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँड, टाेपबहादुर रायमाझी सहित हाइप्राेफाइल व्यक्तिहरूकाे संलग्नता देखिएकाे छ । खाँड पक्राउ पर्दा अर्का आराेपित रायमाझी भने फरार छन् ।













0 प्रतिकृया