Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


शुभम फाउन्डेसनका मदन राईलाई थप सात दिन हिरासतमा राख्न अनुमति

एक्सन खबर
बैशाख, ३१, २०८०


शुभम फाउन्डेसनका मदन राईलाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं, ३१ बैशाख । शुभद्रा मदन फाउन्डेसनका मदन राईलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा  पक्राउ परेका राईलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हाे ।

जिल्ला अदालत खोटाङले राईलाई सात दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले जानकारी दिए ।

फाउन्डेशनका संस्थापक समेत रहेका राईलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो । ७५ वर्षीय मदनले त्यहाँ बसेर अध्ययन गर्ने बालिका र किशाेरीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको आराेप छ ।

कृषि विज्ञका रूपमा परिचित राईको शुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका तथ्यहरू सार्वजनिक भएका थिए । शुभम फाउन्डेसनले खोटाङको सामुदायिक स्कुल जनजागृति उच्च माध्यमिक विद्यालयकाे व्यवस्थापन र सञ्चालन गर्दै आएको छ ।













0 प्रतिकृया