Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


पक्राउ गरेकाहरूलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

एक्सन खबर
बैशाख, ३१, २०८०


पक्राउ गरेकाहरूलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ । काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण सहित १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे ।

सरकारी वकिलको कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न माग गरेको थियाे । साेही अनुसार शनिबारदेखि लागु हुनेगरी चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनीहरूलाई बुधबार अदालतमा पेश गर्ने गरी म्याद थप गरिएको हो ।

खाँणवाहेक अन्य पक्राउ परेका व्यक्तिहरूको बयान करिब करिब सकिइसकेको छ । आइतबार सरकारी वकिलकाे कार्यालयले पूर्वगृहमन्त्री खाँणका पिए नरेन्द्र केसीको बयान लिएको छ । खाँणको भोलि बयान लिइने भनिएकाे छ ।

पूर्वगृहमन्त्री खाँण, उनका पिए केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन् ।

सांसद टोपबहादुर रायमाझी, इन्द्रजितका छोरा निरज र बादलका छोरा प्रतीक थापा भने अहिलेसम्म फरार छन् । 













0 प्रतिकृया