बुढानिलकण्ठबाट टाेपबहादुर रायमाझी पक्राउ
एक्सन खबर
काठमाडाैं, ३१ बैशाख । पूर्वउपप्रधानमन्त्री तथा सांसद टाेपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले आइतबार रायमाझीलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको जानकारी दिए । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
सन्दीपलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियाे । प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ परिसकेका छन् । प्रहरीले वैशाख २७ गते खाँण र उनका सहयोगी नरेन्द्र केसीलाई खाँणको निवासबाट पक्राउ गरेको थियाे । टाेपबहादुर रायमाझी भने फरार थिए ।
0 प्रतिकृया