Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


सांसद सुनिल शर्माद्वारा तीन विषयमा सरकारकाे ध्यानाकर्षण (भिडियाे सहित)

अंशु अधिकारी
जेठ, १, २०८०


सांसद सुनिल शर्माद्वारा तीन विषयमा सरकारकाे ध्यानाकर्षण (भिडियाे सहित)

काठमाडाैं, १ जेठ । संघीय संसदमा जनताका भावना र समसामयीक विषयमा घनिभूत आवाज राख्दै आएका नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले इनरूवा–काकडभिट्टा रेलवे मार्ग, बेलबारीकाे पेट्राेल खानी र काेशी प्रदेशमा जारी पहिचानकाे आन्दाेलनका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

साेमबारकाे प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै डा. शर्माले इनरुवाबाट काँकडभिट्टासम्मको रेलवे, मोरङको बेलबारीमा पेट्रोल खानी र कोशी प्रदेशमा पहिचानवादीको आन्दोलनका विषय उठाएका हुन् ।

इनरुवाबाट काँकडभिट्टासम्मको रेलवेसम्मकाे जग्गा हाेल्ड गरेपनि १२ वर्षयता मुआब्जा नदिएकाेमा उनले सरकारकाे ध्यानाकर्षण गराउँदै भने,‘२०६८ साल असार १ गते मन्त्रिपरिषद्ले निर्णय गर्यो कि यो इनरुवाबाट काँकडभिट्टासम्मको रेलवे बनाउने भनेर । तर हालसम्म पनि जग्गाहरु चाहिँ होल्ड गरियो । तर मुआब्जा पनि दिइएको छैन ।  मान्छेहरुको अहिले विजोग छ । न जग्गा बेच्न पाइन्छ न जग्गाको मुआब्जा पाइएको छ । यसमा सरकारले तदारुकताका साथ तत्काल कि चाहिँ जग्गा फुकुवा गरिदिनु पर्यो कि चाहिँ मुआब्जा दिने ब्यवस्था गरिदिनु पर्यो ।’

यस्तै, डा. शर्माले माेरङकाे बेलबारीमा रहेकाे पेट्राेल खानी उत्खननका विषयमा पनि सरकारकाे ध्यानाकर्षण गराए । ‘धेरै वर्ष अगाडिदेखि मोरङको बेलबारी ८ राधाननगरमा पेट्रोल खानी घेराबारा गरेर राखिएको छ, खानी छ भने उत्खननको प्रक्रिया शुरु गर्नुपर्याे छैन भने सरकारले छैन भनेर डिक्लियर गरिदिनु पर्यो ।’ डा. शर्माले भने ।

यसैगरी, काेशी प्रदेश नामाकरणमा असन्तुष्टी जनाउँदै भइरहेकाे आन्दाेलनकाे विषय पनि सरकारले संवाेधन गर्नुपर्ने बताए । पहिचानवादीमाथि बुट र गाेली प्रहार नगरी प्रजातान्त्रिक विधिबाट सरकारले समस्या समाधनकाे बाटाे खाेज्नुपर्ने डा. शर्माकाे राय छ ।

‘अहिले पहिचानवादी साथीहरुले १ नम्बर प्रदेशमा आन्दोलन जारी राख्नु भएको छ । उहाँहरुको मागलाई सम्बोधन गर्नको निम्ति तत्काल राज्यले वार्ताको वातावरण तयार गर्न पर्याे । मान्छेमाथि बुट र गोली प्रहार हैन डेमोक्रेटिक सिस्टममा उठेका आवाजहरुलाई यथासिघ्र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न पर्याे ।’ डा. शर्माले भने । 














0 प्रतिकृया