Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


बालुवाटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
जेठ, २, २०८०


बालुवाटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २ जेठ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले बालुवाटारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले आइतबार आर्शिवाद स्कुलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत चलाइएको निःशुल्क स्वास्थ्य शिविरमा ५१३ जना बिरामीको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, ७८ जनाको ल्याब परीक्षण, ९२ जनाको दाँत खोलिएको छ । त्यस्तै शिविरमा आएका मध्ये २३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

स्वास्थ्य शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, बाल रोग, स्त्री रोग, नशा तथा हाडजोर्नी र जनरल मेडिसिन सम्बन्धी केएमसीका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।

२ वर्ष यता केएमसीले लगातार गाउँदेखि शहरसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा हज्जारौं सर्वसाधारण लाभान्वित भइरहेका छन् । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले आम सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए ।

















0 प्रतिकृया