Follow us:


Follow us

७ वैशाख २०८१, शुक्रवार
७ वैशाख २०८१, शुक्रवार


‘एनएमसीलाई मेडिकल टुरिजम हब बनाउँछौं’ बसरुद्धिन अन्सारी

एक्सन खबर
जेठ, २, २०८०


‘एनएमसीलाई मेडिकल टुरिजम हब बनाउँछौं’ बसरुद्धिन अन्सारी

काठमाडौं, २ जेठ । सुपरस्पेशियालिटी सेवा सुरु गर्दै नेपाल मेडिकल कलेजमा मेडिकल टुरिस्ट ल्याउने कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले बताएका छन् । वृहत रक्तदानसँगै कलेजको अत्याधुनिक ब्लड बैंकको शुभारम्भ गर्दै प्रबन्ध निर्देशक अन्सारीले चिकित्सा विधाका सुपरस्पेशियालिटी सेवाहरु सुरु गरेसँगै कलेजलाई मेडिकल टुरिजम हब बनाउने बताएका हुन् ।

‘नेपाल मेडिकल कलेजमा अंकोलोजी, कार्डियोलोजी सेवा सुरु गर्ने योजना बनाएका छौं । नयाँ डेण्टल भवन बन्ने क्रममा छ ।’ कलेजको स्वास्थ्य सेवा विगत डेढवर्ष यता सुधारोन्मुख भइरहेको बताउँदै अन्सारीले आउँदा दिनहरुमा स्वास्थ्य सेवाका नयाँ उपकरण सहित सुविधा सम्पन्न अस्पताल बनाएर मेडिकल टुरिजमको अवधारणामा जाने बताए ।

‘पहिला पहिला दिल्ली दुर हे भनिन्थ्यो तर, अब दिल्ली दुर छैन । हामी नेपाल मेडिकल कलेजलाई हेल्थ टुरिजम डेस्टिनेशन बनाउन चाहन्छौं । विदेशी बिरामी नेपालमा उपचार गर्न आउने बनाउने योजना छ ।’ अस्पतालमा आएका ९० प्रतिशत बिरामीको उपचार भइरहेको जनाउँदै कार्डियो, अंकोलोजी सुरु गरेपछि जस्तो सुकै गम्भिर रोगको उपचार गर्न अस्पताल सक्षम रहने अन्सारीले दावी गरे ।

यस्तै उनले नेपाल मेडिकल कलेजलाई स्थानीयको अपनत्व कायम गरेर लैजाने पनि बताए । गोकर्णेश्वर नगरपालिकासँग जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा सम्झौताहरु भएको बताउँदै स्थानीय जनतालाई सर्वसुलभ सेवा दिने कुरामा अस्पताल गम्भिर रहेको बताए ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले नेपाल मेडिकल कलेज नगरको गौरबको रुपमा रहेको उल्लेख गर्दै नगरपालिकाले नगरबासीको स्वास्थ्य सेवामा सहकार्य गरेर जाने बताए ।

कलेजले नगरपालिकासँग आजै रक्त सञ्चार सेवा प्रदान गर्न सम्झौता पनि गरेको छ । मेयर रिसालले ब्लड बैंक स्थापना गर्ने र नगरबासीलाई निःशुल्क ब्लड उपलब्ध गराउने आफ्नो सपना रहेको बताउँदै त्यो सपना नेपाल मेडिकल कलेजले पुरा गरिदिएको बताए । ‘हस्पिटलले ब्लक बैंक स्थापना गरेपछि नगरबासीले रगत पाइएन भनेर चिन्ता लिनु पर्दैन ।’ कलेजसँग सहकार्य गर्दै नगरपालिकाको एकजना कर्मचारी अस्पताल परिसरमै व्यवस्थापन गरेर सेवा दिन आफु अग्रसर हुने उनको भनाई छ ।

नगरकी उपप्रमुख सान्नानी लामाले अस्पतालले नगरको स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याएको चर्चा गर्दै ब्लड बैंक स्थापनाले कुनैपनि नगरबासी बिरामी भएको अवस्थामा रगत खोज्न टाढाटाढासम्म जानुपर्ने बाध्यता हटेको बताइन् । सोही वडाका वडाध्यक्ष नन्दलाल श्रेष्ठले स्थानीय जनतालाई सहज सेवा दिने विषयमा सहकार्य गरेर जाने बताए ।















0 प्रतिकृया