Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


नेकको आर्किटेक्चर विद्यार्थीहरूको प्रथम चरणको थिसिस प्रस्तुति

एक्सन खबर
जेठ, ३, २०८०


नेकको आर्किटेक्चर विद्यार्थीहरूको प्रथम चरणको थिसिस प्रस्तुति

काठमाडाैं, ३ जेठ । नेपाल इन्जिनियरिङ कलेज (नेक)को २०१७ भर्ना ब्याचमा अध्ययनरत आर्किटेक्चर कार्यक्रमका विद्यार्थीहरूको प्रथम चरणको साहित्य समीक्षा तथा मामिला अध्ययन सम्बन्धी प्रस्तुति सफलता साथ सम्पन्न भएको छ ।

पाँच वर्षे आर्किटेक्चर कार्यक्रममा यो थेसिस (शोध) अत्यन्त एकदमै महत्वपूर्ण मानिन्छ जसले विद्यार्थीहरूलाई नयाँ सोच र अनुसन्धानमा जोड्ने अवसर प्रदान गर्दछ ।

प्रथम चरणको प्रस्तुतिले विद्यार्थीहरूलाई विभिन्न शोध-अध्ययनका क्षेत्रमा आफ्नो रुचि तथा निपुणतालाई प्रदर्शन गरेको छ । कलेजको आर्किटेक्चर विभागमा प्रमुख अनिल रेग्मीले यस प्रस्तुतिले विद्यार्थीहरूलाई वैज्ञानिक तथा व्यावसायिक अध्ययनको महत्व र प्रभावको बारेमा अनुभव गर्ने मौका प्रदान गर्ने बताए ।

नेकमा विद्यार्थीहरूको प्रस्तुतिको मूल्याङ्कन वाह्य विशेषज्ञबाट गर्ने प्रचलन अनुसार यस प्रस्तुतिको निर्णायक मण्डलमा देशकै प्रतिष्ठित आर्किटेक्टहरू गौरव के.सी., अर्जुन बस्नेत, विश्वदेव भट्टराई, टोनिल महर्जन, सम्पूर्ण महर्जन र रूपक डंगोल रहेका थिए ।

प्रस्तुति पश्चात विज्ञहरू र विद्यार्थीहरू बीच अन्तरकृया भएको थियो । विज्ञहरूसँगको अन्तरकृयाले थप उर्जा प्रदान गरेको अभिव्यक्ति विद्यार्थीहरूले दिएका थिए ।

नेकको आर्किटेक्चर कार्यक्रमका विद्यार्थीहरूले अझै थप चार चरण सफलता पूर्वक पार गरेपछि मात्र कलेजले उनिहरूलाई व्यवसायीक अभ्यासमा पठाउने भएकोले यस कलेजबाट उत्तीर्ण गरेका विद्यार्थीहरू बजारमा अव्बल मानिन्छ ।

नेकबाट उत्तीर्ण गरेका आर्किटेक्चर कार्यक्रमका कुनै पनि विद्यार्थीहरू बेरोजगार नभएको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले दावी गरे । हालै सम्पन्न नेपाल इन्जिनियरिङ परिषद्को परीक्षामा सामेल भएका यस कलेजबाट उत्तीर्ण आर्किटेक्चर कार्यक्रमका विद्यार्थीहरू नब्बे प्रतिशत भन्दा बढिले सफलता प्राप्त गरेका छन् ।

सामाजिक शैक्षिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता भइ पाेखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले शैक्षिक गुणस्तर कायम गर्न र विद्यार्थीहरूलाई थप अवसरहरू उपलब्ध गराउन युराेपका विभिन्न कलेज र विश्वविद्यालयसँग सहकार्य समेत गरेकाे छ ।
















0 प्रतिकृया