प्रतिनिधि सभामा सांसदहरूकाे प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री
एक्सन खबर
काठमाडाैं, ४ जेठ । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदहरूले साेधेकाे प्रश्नकाे जवाफ दिने कार्यक्रम छ । बिहान ११ बजे बस्ने संसदकाे सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले सोधेका प्रश्नकाे जवाफ दिने कार्यक्रम रहेको छ ।
संसद नियमावलीको नियम ५६ अनुसार सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने छन् । सांसदहरूकाे प्रश्नकाे प्रधानमन्त्रीले तत्कालै जवाफ दिनुपर्छ । सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्नको विषय भने पहिले नै सभामुख देवराज घिमिरेलाई जानकारी गराउनुपर्ने हुन्छ ।
आज १५ जना सांसदले प्रधानमन्त्री समक्ष प्रश्नहरू गर्ने सभामुखको सचिवालयले जनाएकाे छ । प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने नियमावलीमा व्यवस्था छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता, बजेटलगायतका विषयमा सांसदहरूले प्रश्न सोध्ने भनेका छन् ।
0 प्रतिकृया