Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


आजकाे माैसमः बागमती, काेशी र गण्डकी प्रदेशमा हल्का वर्षा

एक्सन खबर
जेठ, ४, २०८०


आजकाे माैसमः बागमती, काेशी र गण्डकी प्रदेशमा हल्का वर्षा

काठमाडाैं, ४ जेठ । पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभावका कारण नेपालका केही स्थानमा वर्षा भइरहेकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार केही प्रदेशमा सामान्य माैसम बदली भइ हल्ला वर्षा भइरहेकाे छ । काठमाडाैंमा विहान वर्षा भइरहेकाे छ ।

यस्तै, बिहान कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने अनुमान गरिएकाे छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का  वर्षाको सम्भावना छ ।













0 प्रतिकृया