Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


सरकारकाे नीति तथा कार्यक्रमः बीमाकाे पहुँच बढाउने, विपन्न वर्गलाई ५० युनिट विद्युत निःशुल्क

एक्सन खबर
जेठ, ५, २०८०


सरकारकाे नीति तथा कार्यक्रमः बीमाकाे पहुँच बढाउने, विपन्न वर्गलाई ५० युनिट विद्युत निःशुल्क

काठमाडाैं, ५ जेठ । सरकारले तीन तहका सरकारको कार्यात्मक सुदृढीकरण गरी कामको दोहोरोपन हटाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कार्यविस्तृतीकरण प्रतिवेदनको पुनरावलाेकन गरिने बताएका छन् ।

राष्ट्रिय समन्वय परिषद् लगायतलाई सक्रिय बताउने उनले बताएका छन् । राष्ट्रिय प्राथमिकताको काम गर्न तीनै तहका सरकारलाई नीतिगत र कानुनी व्यवस्था गरिने सरकारकाे याेजना छ ।

सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ । विमानस्थल निर्माणको प्रक्रिया अन्यौलमा रहेका बेला सरकारले यस्तो घोषणा गरेको हो ।

राष्ट्रपति पौडेलले प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने, हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नती गर्ने र निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा उपयोगमा ल्याउने बताए ।

न्यून आय भएका वर्ग र समुदायलाई लघुबीमाको दायरामा ल्याउने, देशभर बीमाको पहुँच पुर्‍याउने र कृषि बीमाको दायरा विस्तार गर्ने सरकारले याेजना बनाएकाे छ ।

सरकारले आगामी दुई वर्षभित्र ऊर्जालाई सबै नागरिकको पहुँचमा पुर्‍याउने पनि बताएकाे छ । दुई वर्षभित्र सबै नागरिक कहाँ विद्युत पुर्‍याउने याेजना छ ।

‘विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर उपलब्ध गराइने, वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिटसम्म विद्युट खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराइने सरकारकाे नीति तथा कार्यक्रममा उल्लेख छ ।

सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जन गर्ने सरकारको लक्ष्य रहेको छ । खनिज ऊर्जालाई स्वच्छ एवम् नवीकरणीय ऊर्जाले विस्थापन गरिने, हाइड्रोजन इन्धनको उत्पादन र उपयोगको सम्भाव्यता खोजिने, ऊर्जा मिश्रणनीति तय गरिने, ऊर्जा उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने र विद्युत उत्पादन र प्रशारणलाई सामञ्जस्यता कायम गरिने भनिएकाे छ ।













0 प्रतिकृया