Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


जग्गाकाे काराेबार नियन्त्रण गरिने, गरिबलाई परिचय पत्र, एयर एम्बुलेन्स सेवा सञ्चालन

एक्सन खबर
जेठ, ५, २०८०


जग्गाकाे काराेबार नियन्त्रण गरिने, गरिबलाई परिचय पत्र, एयर एम्बुलेन्स सेवा सञ्चालन

काठमाडाैं, ५ जेठ । सरकारले जग्गाको कारोबार मूल्यलाई आगामी वर्षदेखि नियन्त्रण गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि जग्गाको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउने बताए ।

जग्गाको कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने तथा लिजमा उपलब्ध गराइएका जग्गाको प्रयोग उद्देश्यअनुसार प्रयोग भए/नभएको समेत अनुगमन गरिने भएकाे छ ।

यस्तै, दुर्गम जिल्लाका लागि एयर एम्बुलेन्स सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । दुर्गम २ जिल्ला बराबर १ एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भनिएकाे छ । उपचार सुविधा नभएका दुर्गम जिल्ला, सुदूर पश्चिमका पहाडी जिल्लाहरुमा २ जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गरिने,  डाटाबेस अनुसार केन्द्रीय एम्बुलेन्स सेवाको व्यवस्था गरिने, जनशक्ति, उपकरण, औषधी सेवा, समायावदी व्यवस्थापन, सरसफाई समेतका आधारमा सामुदायिक स्वास्थ्य संस्थाको मूल्याङ्कन गरिने राष्ट्रपतिले बताए ।

सामुदायिक अस्पतालमा एक चिकित्सक, एक नर्सको व्यवस्था गर्दै बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म अनिवार्य सञ्चालन गरिने, संक्रामक रोगका लागि अभियान र नसर्ने रोगका लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ ।

गरिब घरपरिवार पहिचान र गरिब परिचय पत्र वितरण दुई वर्षभित्र सम्पन्न गर्ने सरकारकाे याेजना छ । गरिब घर परिचयपत्रलाई राष्ट्रिय परिचय पत्रमा आबद्ध गर्दै सामाजिक सुरक्षा कार्डमा रूपान्तरण गरिने पनि सरकारको कार्यक्रम छ ।













0 प्रतिकृया