विदेशमा रहेका नेपालीलाई मतदान अधिकार, इन्टरनेट विज्ञापनलाई करकाे दायरामा
एक्सन खबर
काठमाडौं, ५ जेठ । सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’
यसैगरी, इन्टरनेटको माध्यमबाट गरिने विज्ञापनलाई करको दायरामा ल्याउने भएको छ । राष्ट्रपति पौडेलले विज्ञापन क्षेत्रमा समानुपातिक प्रणाली लागू गरिने पनि बताए । 'इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन र अन्य कारोबारलाई नियमन र करको दायरामा ल्याइनेछ,' उनले भने ।
नवप्रवर्तन, अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नवप्रवर्तन आविष्कार कोष स्थापना गर्ने सरकारले घोषणा गरेको छ । संसद्को यसै अधिवेशनमा नवप्रवर्तन, अनुसन्धान र आविष्कारसम्बन्धी कोष सञ्चालन गरिने विषय पेस गरिने भनिएकाे छ ।
यसअघि, मन्त्रि परिषद्ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेकाे थियाे । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेपछि संसदमा प्रस्तुत गरिएकाे हाे ।
0 प्रतिकृया