Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित म प्रधानमन्त्रीको जिम्मेवारीमा: प्रधानमन्त्री प्रचण्ड

एक्सन खबर
जेठ, ६, २०८०


देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित म प्रधानमन्त्रीको जिम्मेवारीमा: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

`यो परिवर्तन मार्फत  नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्प सहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु । हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौं ।´ प्रधानमन्त्रीले भने ।

शीर्ष नेताहरु बीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु, संक्रमणकालीन न्याय र  गणतन्त्र बिरोधि प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको स्पष्ट पारे । प्रधानमन्त्रीले भारतसँग खुला सिमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता-जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामी भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्ने बताए ।

प्रधानमन्त्रीले कार्यक्रममा सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको बताए। `अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्प सहित अगाडि बढेको छ । त्यसमा खेलकूलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु ।´ उनले भने ।

कान्तिपुर हाफ म्याराथनको उपाधि मुकेश पाल र राजपुरा पछाईंले जितेका छन् । ३ किलोमिटर दौड मुकेशले ७ मिनेट २६.७४ सेकेन्डमा पूरा गरेका थिए । ‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित कान्तिपुर हाफ म्याराथनको ११ औं संस्करणको विजेता बन्दा नेपाल आर्मी क्लबका मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्डको समय निकाले ।

यस्तै, महिलातर्फ राजपुराले आफ्नो उपाधि रक्षा गरिन् । गत वर्षकी विजेता नेपाल पुलिस क्लबकी राजपुराले १ घन्टा १९ मिनेट १६ सेकेन्डको समय निकालिन् । उनले गत वर्ष १ घन्टा १९ मिनेट ६ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

ह्विलचेयर तर्फ रमेश खत्रीले कान्तिपुर हाफ म्याराथनमा दोस्रो पटक पुरुष ह्विलचेयरको उपाधि जिते । ३ किलोमिटर दौड उनले ७ मिनेट २६.७४ सेकेन्डमा पूरा गरेका थिए ।

महिलातर्फ ऐश्वर्य कुमाल च्याम्पियन भइन् । बास्केटबल र पौडीका खेलाडी उनले १० मिनेट ९.७८ सेकेन्डमा दौड पूरा गरिन् ।













0 प्रतिकृया