Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


मनोहराको सुकुम्बासी बस्तीमा केएमसीको स्वास्थ्य शिविर

एक्सन खबर
जेठ, ६, २०८०


मनोहराको सुकुम्बासी बस्तीमा केएमसीको स्वास्थ्य शिविर

काठमाडौं, ६ जेठ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले मनोहराको सुकुम्बासी बस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । ठिमी नगरपालिका वडा नं. १६ को मनोहरा खोलाको किनारामा रहेको सुकुम्बासी बस्तीमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

झापा समाजसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ५८३ जना बिरामीको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएकाहरु मध्ये ७१ जनाको इसिजी, ८९ जनाको ल्याब परीक्षण तथा ९७ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर दाहालले बताए । शिविरमा ७ जनाको दाँत खोलिएको छ भने, २२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत नियमित रुपमा स्वास्थ्य शिविर गर्दै आइरहेको छ । स्वास्थ्य शिविरमा नाक कान घाँटी, स्त्री रोग, दन्त रोग, बाल रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी सम्बन्धी स्वास्थ्य परीक्षण गरिन्छ । केएमसीका दक्ष जनशक्तिले गाउँगाउँ गएर निःशुल्क स्वास्थ्य जाँच गर्दा आम सर्वसाधारण लाभान्वित भइरहेका छन् ।

केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविरको अभियान चलाएका थिए । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएपनि डा. शर्माको अभियानलाई केएमसीले निरन्तरता दिइनै रहेको छ ।















0 प्रतिकृया