Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक, कर्मचारी

एक्सन खबर
जेठ, ६, २०८०


नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक, कर्मचारी

काठमाडौं, ६ जेठ । नेपाल मेडिकल कलेजले चिकित्सकसहित कर्मचारी माग गरेको छ । काठमाडौं, अत्तरखेल जोरपाटीमा रहेका नेपाल मेडिकल कलेजले एक सूचना प्रकाशित गरी विभिन्न पदमा दरखास्त आब्हान गरेको हो ।

कलेजले प्रोफेसर, चिकित्सक, फिजियोलोजिस्ट, लेखा नियन्त्रक, लेखा प्रमुख, बायोमेडिकल इन्जिनियर सँगै स्टाफ नर्सहरु माग गरेको छ । विभिन्न २१ पदमा दरखास्त खुलाइएको छ । कलेजले योग्यता पुगेका व्यक्तिहरुले जेठ १५ गतेभित्र दरखास्त दिनसक्ने जनाएको छ ।

पछिल्लो डेढ वर्षयता नेपाल मेडिकल कलेज नयाँ व्यवस्थापनमा सञ्चालित छ । विरगञ्जका मेडिकल व्यवसायी बसरुद्धिन अन्सारीमा कलेजमा प्रवेश भएसँगै व्यवस्थापन र स्वास्थ्य सेवामा सुधार भइरहेको छ । कलेजमा नयाँ सेवा सुरु गर्न जनशक्ति माग गरिएको हो ।

कलेजले सुपरस्पेशियालिटी सेवा सुरु गर्ने तयारी गरेसँगै चिकित्सक, कर्मचारीहरु थप गर्न लागेको हो । कलेजले चाँडै नै अंकोलोजी, कार्डियोलोजी, मिर्गौला तथा कलेजो प्रत्यारोपणका सेवाहरु थप गर्ने योजनाहरु बनाइरहेको कलेजका निर्देशक जहाँगिर अन्सारीले बताए ।














0 प्रतिकृया