Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


सरकारकाे नीति तथा कार्यक्रम र भुटानी शरणार्थी प्रकरणमा बाेल्दै केपी शर्मा ओली

एक्सन खबर
जेठ, ७, २०८०


सरकारकाे नीति तथा कार्यक्रम र भुटानी शरणार्थी प्रकरणमा बाेल्दै केपी शर्मा ओली

काठमाडाैं, ७ जेठ । सरकारकाे नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज संसदमा संवाेधन गर्ने भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा ओलीले नीति तथा कार्यक्रमसँगै भुटानी शरणार्थी प्रकरणमा पनि बाेल्ने भएका हुन् ।

ओलीको सचिवालयका अनुसार नीति कार्यक्रममाथिसँगै समसामयिक विषयमा पनि पार्टीको धारणा राख्ने भनिएकाे छ ।

त्यसअघि ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए । एमाले केन्द्रीय कमिटीको बैठकमा उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे तथ्यसहित बोल्ने बताएका थिए ।

तर, स्वास्थ्य अनुकूल नभएपछि त्यसदिन संसदमा उपस्थित हुन सकेनन् । ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद् समक्ष राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु,’ नेकपा एमाले अध्यक्ष समेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत् भनेका थिए ।













0 प्रतिकृया