Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी वकिललाई प्रतिवेदन बुझाइँदै

एक्सन खबर
जेठ, ७, २०८०


नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी वकिललाई प्रतिवेदन बुझाइँदै

काठमाडाैं,७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाउँदैछ । नेपाल प्रहरीले अनुसन्धान पुरा गरी आज सरकारी वकिल समक्ष प्रतिवेन बुझाउन लागेकाे हाे ।

प्रहरीले पक्राउ परेका १६ सहित दुई दर्जनभन्दा बढी अभियुक्तविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेकाे हाे । १०६ जना पीडित रहेको यो प्रकरणमा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा दायर गर्नुपर्ने प्रहरीकाे राय छ ।

उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगी गरी कम्तीमा तीन मुद्दा चलाउनुपर्ने प्रहरीकाे राय छ । केही अभियुक्तविरुद्ध लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा पनि दायर हुन सक्छ । तर, यससम्बन्धी अन्तिम निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । प्रहरीले पक्राउ अभियुक्तविरुद्ध कानुन आकर्षित हुनेजति सबै मुद्दा चलाउने छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका उच्च अधिकारीबीच शनिबार प्रकरणमा मुद्दा चलाउने सन्दर्भमा पटक–पटक बैठक भएको थियो । अपराधको प्रकृति हेर्दा राज्यविरुद्धको कसुर पनि आकर्षित हुने देखिएकाले अभियुक्तविरुद्ध उक्त मुद्दा पनि चलाउनुपर्ने पक्षमा सबै उच्च अधिकारीहरू सहमत भएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान गरेको ५७ दिनमा १६ व्यक्ति पक्राउ परेका छन् । १४ जना अझै फरार छन् । बुधबारभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्ने हदम्याद छ ।

प्रकणमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता भिआइपीलाई पक्राउ गरेको छ ।

प्रकरणमा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी पक्राउ पर्दा प्रतीक थापा, नीरज राईलगायत १४ अभियुक्त भने फरार छन् ।

प्रहरीले थप १६ जनालाई फरार अभियुक्तको रूपमा मुद्दा चलाउने तयारी गरेको छ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, बादल गृहमन्त्री छँदा उनका सल्लाहकार रहेका इन्द्रजित राईका छोरा नीरज राई, पीडितहरूको उठाएको पैसा लेनदेनमा संलग्न भएका केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुथाथोकी र रमा थापाविरुद्ध पनि मुद्दा चलाउने विषयमा छलफल भएकाे छ ।

पुनर्वासमा छुटेका भुटानी शरणार्थी व्यवस्थापनका लागि सरकारले बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल गठन गरेकाे थियाे ।













0 प्रतिकृया