Follow us:


Follow us

८ कार्तिक २०८३, शनिवार
८ कार्तिक २०८३, शनिवार


जापान पठाउने भन्दै दुई करोड ५३ लाख भन्दा बढी ठगी गर्ने अजय पक्राउ

एक्सन खबर
जेठ, ८, २०८०


जापान पठाउने भन्दै दुई करोड ५३ लाख भन्दा बढी ठगी गर्ने अजय पक्राउ

काठमाडाैं, ८ जेठ । जापान पठाउने भन्दै सर्वसाधारणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेकाे हाे । वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै उनले ठगी गरेकाे खुलेकाे छ ।

मोरङ र झापाका ३६ जना युवाले उनीविरुद्ध ठगी आरोपमा उजुरी दिएका थिए । ३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जनाए । राजवंशी विगत एक वर्षदेखि फरार अवस्थामा थिए । उनी शनिबार विराटनगरबाट पक्राउ परेका हुन् ।

बैदेशिक रोजगारीका लागि जापानमा रहेका उनले राजवंशी कोटामा जापान लैजाने भन्दै राजवंशी समुदायका युवाहरुलाई प्रलोभनमा पारेका थिए । ठगी प्रकरणमा उनका भाइ, बुहारी र बहिनी पनि आरोपित छन् ।

अजयबाट ठगीएको बताउने सुनबर्सी नगरपालिका–३ का मदनकुमार राजवंशी, रंगेली ९ का विवेक राजवंशी, हरि राजवंशी लगायतले पैसा बुझाएका थिए । अजयले एक जना व्यक्तिबाट न्यूनतम पाँच लाख देखि १६ लाख रुपैयाँसम्म असुल गरेको पीडितले उजुरीमा उल्लेख गरेका छन् ।

अजयसँगै उनका भाइ रञ्जित, भाइ बुहारी अनुराधा र बहिनी विद्यासहित ६ जनाविरुद्ध ठगी आरोपमा प्रहरीमा उजुरी परेको थियो । अजयका बाबु विसमलाल भने केही महिनाअघि पक्राउ पछि जमानीमा छुटेका थिए ।













0 प्रतिकृया