Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


दुहवीमा खुल्यो इजि एजुकेशन

एक्सन खबर
जेठ, ९, २०८०


दुहवीमा खुल्यो इजि एजुकेशन

दुहवी, ९ जेठ । विद्यार्थीलाई सर्वसुलभ कम्प्युटर शिक्षा प्रदान गर्न सुनसरीको दुहवीमा इजि एजुकेशन सञ्चालनमा आएको छ । दुहवी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष माधब भण्डारीले एक कार्यक्रमका विच इजि एजुकेशनको उद्घाटन गरे ।

सो अवसरमा बोल्दै वडाध्यक्ष भण्डारीले विद्यार्थीलाई २१ औं शताब्दी अनुसार दक्ष बनाउन कम्प्युटरको ज्ञान अपरिहार्य भएको बताए । प्राविधिक ज्ञानले नै देशको विकास गर्ने भएको तथा पछिल्लो समय कम्प्युटर विना कुनै काम गर्न नसकिने जिकीर गर्दै एजुकेशनले सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा दिनेमा आफु विस्वस्त रहेको बताए ।

दुहवीका युवा व्यवसायी आसिफ अन्सारीको लगानीमा सञ्चालित इजि एजुकेशनमा कम्प्युटरका बेसिकदेखि डिप्लोमा तहसम्मका कोर्षहरु सिकाइन्छ । बेसिक कम्प्युटर कोर्ष, एकाउन्टिङ प्याकेज (ट्याली), ग्राफिक्स डिजाइन तथा एकेडेमिक कोर्षहरु म्याथ, साइन्स, एकाउन्टिङ, इङ्लििस जस्ता कक्षा ८ देखि कक्षा १२ सम्मको कोचिङ क्लासहरु सञ्चालनमा हुनेछ ।

विद्यार्थीहरुलाई अधिकतम प्रयोगात्मक शिक्षण विधिबाट कम्प्युटर शिक्षा दिइने सञ्चालक आसिफ अन्सारीले बताए । दुहवीमा भरपर्दो कम्प्युटर कक्षा नभएको अवस्थामा विद्यार्थीहरु इटहरी, विराटनगरसम्म पुग्नु परेको बाध्यता हल गर्न इजि एजुकेशन सुरु गरिएको हो । ‘अहिलेको जमानामा कम्युटरको ज्ञान नभएको व्यक्ति कुनै ठाउँमा सफल हुन सक्दैन । विद्यार्थी उमेरमै कम्प्युटरको ज्ञान दिन तथा विद्यालयका विभिन्न कोर्षहरुको ट्युसन कक्षा सञ्चालन गर्न इजि एजुकेशन सुरु गरेका हौं ।’ सञ्चालक अन्सारीले भने ।

इजि एजुकेशनमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट कम्प्युटरको ज्ञान लिन पाइन्छ । साथै, विद्यार्थीको क्षमता र योग्यता हेरेर करियर काउन्सेलिङ पनि गरिने छ ।

इजि एजुकेशनले स्थानीय सरकार, संघ संस्थासँग सहकार्य गरेर गरिब, विपन्न तथा न्यून आय भएका परिवारका बालबालिकालाई निःशुल्क कम्प्युटर शिक्षाका साथै विभिन्न कोचिङ कक्षाहरु पनि ल्याउने भएको छ । साथै, निकट भविष्यमा सिटिइभिटीका विभिन्न कोर्षहरु समेत सञ्चालन गरिने अन्सारीले जानकारी दिए ।















0 प्रतिकृया