Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


एनएमसीका स्नातकोत्तर विद्यार्थीलाई अभिमुखीकरण

एक्सन खबर
जेठ, ११, २०८०


एनएमसीका स्नातकोत्तर विद्यार्थीलाई अभिमुखीकरण

काठमाडौं, ११ जेठ । नेपाल मेडिकल कलेजले स्नातकोत्तर रेसिडेन्ट विद्यार्थीहरुलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण दिएको छ । अत्तरखेल जोरपाटी स्थित कलेजद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथी प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारी थिए ।

विद्यार्थीहरुलाई संवोधन गर्दै प्रा.डा. अन्सारीले मेडिकल शिक्षा हासिल गर्दा सामान्य अनुशासनले मात्र नहुने बताउँदै लगनशील भएर उद्देश्य प्राप्तिमा लाग्न सुझाब दिए । चिकित्सक भनेको मानवलाई मात्र नभएर समाज र राष्ट्रलाई समेत स्वस्थ राख्ने अभियान्ता भएकाले बढी जिम्मेवार बन्नु पर्ने बताए ।
विद्यार्थी जीवनको चर्चा गर्दै डा. अन्सारीले कक्षा कोठामा जति धेरै अनुशासित भइयो त्यत्ति नै चिकित्सकीय ज्ञान प्राप्त गर्न सक्ने तथा क्लिनिकीय अभ्यासमा पनि जिम्मेवार र अनुशासित हुनुपर्ने बताए । ‘डाक्टरलाई दोश्रो भगवानको दर्जा त्यत्तिकै दिइएको छैन, यो पेशाको गरिमा बढाउने र आफ्नो भविष्य उज्जवल बनाउन हरेक क्षण तपाईहरु अनुशासित, मेहनती बन्नुपर्दछ ।’नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा. अन्सारीले भने ।

कार्यक्रममा बोल्दै कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले विद्यार्थीको सिकाईका लागि कलेजले कुनैपनि कम्प्रोमाइज नगरेको बताउँदै निरन्तर क्लिनिकल्ली अभ्यास र पढाईले भविश्य उज्ववल हुने बताए । विद्यार्थीले अभिभावकको लगानी, सपनालाई सार्थक बनाउनका लागि पढाई भन्दा अन्त ध्यान दिन नहुने जिकीर गरे । ‘तपाईहरुले राम्रो गर्नुभयो भने कलेज राम्रो हुन्छ । कलेजले गुणस्तरीय शिक्षामा कम्प्रोमाइज गर्दैन तपाईहरुले पनि भविश्य उज्ववल बनाउने उद्देश्यमा कम्प्रोमाइज नगर्नुस् ।’

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्रीले मेडिकल शिक्षा आफैंमा गौरब गर्न लायक शिक्षा भएकाले दक्ष जनशक्ति बन्नका लागि त्याग र तपस्या चाहिने बताए । कलेजले प्रयोगात्मक शिक्षण विधिमा बढी जोड दिएकोले सोही अनुसार मेहनत गर्न सुझाए ।

अभिमुखीकरण कार्यक्रममा कलेजका भाइसप्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, हस्पिटल डाइरेक्टर डा. राजेशकिशोर श्रेष्ठ, डा. मोदनाथ मरहठ्ठा, डेण्टल प्रमुख डा. प्रकाश भट्टराईले पनि बोलेका थिए । कार्यक्रममा कलेजका डाइरेक्टर जहाँगिर अन्सारी लगायत फ्याकल्टी तथा विद्यार्थीहरुको उपस्थिति रहेको अस्पताल इन्चार्ज दिलिप साहले जानकारी दिए ।
















0 प्रतिकृया