Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


राष्ट्रपति कार्यालयले गृह मन्त्रालय पठायाे रेशम चौधरीको निवेदन

एक्सन खबर
जेठ, १२, २०८०


राष्ट्रपति कार्यालयले गृह मन्त्रालय पठायाे रेशम चौधरीको निवेदन

काठमाडौं, १२ जेठ । टिकापुर काण्डका मुख्य अभियुक्त रेशम चाैधरीले सजाय माफी गरी आफूलाई कैदमुक्त गर्न माग गर्दै राष्ट्रपति समक्ष पेश गरेकाे पत्र गृह मन्त्रालय पठाइएकाे छ । राष्ट्रपति रामचन्द्र पाैडेलका प्रेस सल्लाहकार किरण पोखरेलले  राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको जानकारी दिए ।

राष्ट्रपति कार्यालयले पत्रकाे जवाफमा आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर गृह मन्त्रालयमा फाइल फिर्ता गरेको छ ।

जन्मकैदको सजाय काटिरहेका रेशमले बाँकी सजाय माफीका लागि दिएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको थियो । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदकाे सजाय भएकाे थियाे ।

उनी २०७४ फागुन १५ गतेदेखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्छ ।













0 प्रतिकृया