Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


नक्कली भुटानी शरणार्थी प्रकरणः १७ नम्बरकी महर्जन प्रहरीकाे फन्दामा

एक्सन खबर
जेठ, १२, २०८०


नक्कली भुटानी शरणार्थी प्रकरणः १७ नम्बरकी महर्जन प्रहरीकाे फन्दामा

काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी १७ औं अभियुक्त प्रहरीकाे फन्दामा परेकी छन् । प्रकरणकी १७ औं अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हाे ।

नेपाल प्रहरीले ललितपुर बुङमतीकी ३२ वर्षीय महर्जनलाई शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएकाे काठमाडाैं प्रहरी परिसर प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । उनलाई कहाँबाट पक्राउ गरिएको हो प्रहरीले खुलाएको छैन ।

महर्जन पक्राउ परेसँगै यो प्रकरणमा १७ जनालाई हिरासतमा लिइएकाे छ । १४ जना अझै फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख छ ।

प्रकरणमा प्रहरीले नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्दकुमार चौधरीलाई पक्राउ गरिसकेको छ ।

काठमाडौं जिल्ला अदालतमा आजबाट यो प्रकरणमा पक्राउ परेका अभियुक्तहरूको बयान सुरू भएको छ ।













0 प्रतिकृया