आजकाे प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने
एक्सन खबर
काठमाडौं, १३ जेठ । सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेकाे प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने कार्य तालिका रहेकाे छ । दिउँसो ४ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले साेधेका प्रश्नहरूकाे जवाफ दिनेछन् ।
प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहँदा शुक्रबारको बैठकमा भने एमालेले अवरोध गरेको थियो । नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेकोका बेला एमालेको अवरोधका कारण बैठक लम्बिएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेकाे छ । प्रधानमन्त्रीले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ ।
0 प्रतिकृया