Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


अबरूद्ध संसद सुचारू गर्न तीन ठूला दलहरू बालुवाटारमा

एक्सन खबर
जेठ, १३, २०८०


अबरूद्ध संसद सुचारू गर्न तीन ठूला दलहरू बालुवाटारमा

काठमाडाैं, १३ जेठ । पशुपतिनाथमा चढाइएकाे सुनकाे जलहरीमा नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीमाथि भ्रष्टाचार गरेकाे आराेप सत्तापक्षका सांसदले लगाएपछि अबरूद्ध बनेकाे संसद सुचारू गर्न तीन ठूला दलहरू छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा चलिरहेकाे छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक पदम गिरी सहभागी छन् । नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् ।

माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे छलफलमा सहभागी छन् । आजै ४ बजे बस्ने संसदकाे बैठकमा कुनै अबरूद्ध नहाेस भनेर शीर्ष तीन दल छलफलमा बसेका हुन् ।

संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्ने कार्यतालिका छ । शुक्रबारको बैठकमा एमालेले अवरोध गरेकोले आज बैठक अगाबै एमालेलाई सहमतिमा ल्याउने प्रयासस्वरुप शीर्ष तहमा छलफल भएको हो ।

शुक्रबार एमालेका सांसदले सुरूमै पशुपतिनाथ मन्दिरको गर्भगृहमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेपछि बैठक स्थगित गरिएकाे थियाे ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएकोले बैठक कसैगरी सूचारू गर्नुपर्ने सत्ता पक्षलाइ दवाव छ ।













0 प्रतिकृया