Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


पशुपतिनाथ जलहरी प्रकरण: जुट्याे सहमति, हट्याे अवराेध

एक्सन खबर
जेठ, १३, २०८०


पशुपतिनाथ जलहरी प्रकरण: जुट्याे सहमति, हट्याे अवराेध

काठमाडौं, १३ जेठ । पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषय संसदको रेकर्डबाट हटाउने तीन दलविच सहमति भएको छ ।

संसदमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाइ भ्रष्टाचार गरेको आरोप लगाएका पछि एमालेले संसद अवरूद्ध गरेकाे थियाे ।

प्रमुख तीन दलहरुबीच आज बिहान बसेको बैठकले सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जाेडेर बाेलेकाे अभिव्यक्ति हटाउने सहमति भएको हो । प्रमुख प्रतिपक्ष दलका नेतामाथि सत्ता पक्षका सांसदले तथ्यहीन आरोप लगाएको भन्दै एमालेले हिजाेको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो ।

सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जलहरी निर्माण गर्दा सुनको भनेर पित्तलको जलहरी हालेर भ्रष्टाचार गरेकाे अभिव्यक्ति दिएका थिए । उक्त आरोप संसदको रेकर्डबाट हटाउने र आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रष्ट्याउने सहमति भएकाे छ ।

संसद ४ बजे बस्दैछ । संसदमा आज प्रधानमन्त्री प्रष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारकाे नीति तथा कार्यक्रम माथि सांसदहरूले उठाएकाे प्रश्नकाे जवाफ दिनेछन् ।













0 प्रतिकृया