Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


नेपाल मेडिकल कलेजमा वृहत् रक्तदान

एक्सन खबर
जेठ, १३, २०८०


नेपाल मेडिकल कलेजमा वृहत् रक्तदान

काठमाडौं, १३ जेठ । नेपाल मेडिकल कलेजमा वृहत् रक्तदान आयोजना गरिएको छ । शनिबार कलेजको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ३५ युनिट रक्तदान भएको छ ।

नेपाल मेडिकल कलेज, छहारी युवा क्लब तथा सिद्धिदात्री महिला समुहको संयुक्त आयोजनामा रक्तदान गरिएको हो । रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले प्रशंसापत्र वितरण गरे । रक्तदानमा महिला तथा युवाहरुको सहभागीता थियो ।

कलेजले रगतको अभाव हुन नदिन स्थानीय संघ संस्था, नागरिक समाज तथा स्थानीय तहलाई नियमित रक्तदान कार्यक्रम गर्न प्रोत्साहन गर्दै आइरहेको कलेजका अस्पताल इन्चार्ज दिलिप साहले जानकारी दिए ।

कलेजले गोकर्णेश्वरबासी तथा अस्पतालमा उपचारार्थ आउने बिरामीलाई रगतको अभाव हुन नदिन केही दिन अगाडी मात्रै २४ सै घण्टा ब्लड बैंक सञ्चालनमा ल्याएको थियो । काठमाडौं उपत्यकाको पूर्वीउत्तरी क्षेत्रमा ब्लड बैंक नहुँदा नेपाल रेडक्रस सोसाइटीको कालिमाटी, भक्तपुर शाखासँगै किर्तिपुर अस्पतालसम्म पुग्नु पर्ने बाध्यता थियो । कलेजले ब्लड बैंक स्थापना गरेपनि सहजता भएको छ ।

नेपाल मेडिकल कलेज नयाँ ब्यवस्थापन र लगानीमा सञ्चालन भएसँगै स्वास्थ्य सेवालाई गुणस्तरीय र आधुनिक बनाइँदै गइएको छ । कलेजका डाइरेक्टर जहाँगिर अन्सारीका अनुसार केही समयमै कलेजले अंकोलोजी, कार्डियोलोजी र मिर्गौला तथा कलेजो प्रत्यारोपणको सेवाहरु सञ्चालन गर्ने तयारी गरेको छ ।














0 प्रतिकृया