Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


श्रीच्छालाई मिस नेपाल २०२३ को उपाधि

एक्सन खबर
जेठ, १३, २०८०


श्रीच्छालाई मिस नेपाल २०२३ को उपाधि

काठमाडौं, १३ जेठ । श्रीच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को उपाधि जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा २४ प्रतिष्पर्धीलाई उछिन्दै उनले ताज पहिरिएकी हुन् ।

उनलाई मिस नेपाल २०२२ प्रियंकारानी जोशीले ताज लगाइदिइन् ।  काठमाडौंकी स्थायी बासिन्दा श्रीच्छा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत छिन् । वातावरण अभियन्ता समेत रहेकी २३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको अवार्ड पनि जितिन् ।

प्रतियाेगितामा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि हात पारे । मिस पपुलर च्वाइस प्रसिद्धी शाह घाेषित हुँदा ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्वीन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ भए ।

यस्तै, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीइच्छा प्रधान, वुमन थि द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित भए ।

समारोहमा नेपाली रकस्टार अभया सुब्बाले एकल गायन प्रस्तुत गरिन् ।  ‘आज किन’ बोलको अभयाकाे गीतमा प्रतिस्पर्धीले नृत्य गरे । समारोहमा नेपाली फेसन, फिल्म र संगीत क्षेत्रका सेलिव्रिटीको सहभागिता थियो ।

फिनालेका ११ जना निर्णायकमा पत्रकार दिलभूषण पाठक, क्रिकेटर ज्ञानेन्द्र मल्ल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान थिए । साथै, मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ–२०१७ रोजिना श्रेष्ठ, अब्सोल्युट एस्थेटिक क्लिनिककी निर्देशक सुरुजना श्रेष्ठ, अभिनेत्री आँचल शर्मा र महिला उद्यम व्यवसायी महासंघकी अध्यक्ष नीरु रायमाझी थिए ।

द हिडन ट्रेजरकाे आयाेजनामा भएकाे प्रतियाेगिताकाे यसवर्ष नयाँ मिस नेपाल आएपनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानीले नै सहभागिता जनाउने छिन् ।

नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइने छ । यसवर्षको विश्व सुन्दरी प्रतियोगितामा दुबईमा हुने भनिएपनि अनिश्चितकालका लागि रोकिएको छ ।














0 प्रतिकृया