आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित
एक्सन खबर
काठमाडाैं, १४ जेठ । प्रतिनिधि सभाले सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । शनिबार बसेकाे प्रतिनिधि सभा बैठककाे बहुमतले नीति तथा कार्यक्रम पारित गरेकाे हाे ।
गत जेठ ५ गतेको प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरे ।
शनिबारसम्म छलफल भइरहेकाे कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए । नीति तथा कार्यक्रममाथि केही सांसदहरूले संशोधन गर्ने प्रस्ताव राखेका थिए । केही सांसदहरूले ती प्रस्ताव फिर्ता लिएनन् ।
सरकारले जेठ १५ गते संसदको दुबै सदनमा अपराह्न ४ बजे बजेट पेस गर्नेछ । आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाकाे बैठक बस्नेछ ।
0 प्रतिकृया