Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


आयाे १७ खर्ब ५१ अर्ब ३१ करोडकाे बजेट (पूर्ण पाठसहित)

एक्सन खबर
जेठ, १५, २०८०


आयाे १७ खर्ब ५१ अर्ब ३१ करोडकाे बजेट (पूर्ण पाठसहित)

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ । संघीय संसदकाे दुवै सदनमा बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षकाे भन्दा कम बजेट सार्वजनिक गरे ।

चालु आर्थिक वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । आर्थिक मन्दीका कारण याे वर्ष बजेट घटेकाे हाे ।

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५‍.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी रहेकाे अर्थमन्त्री महतले जानकारी दिए । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब ८ करोड रूपैयाँ विनियोजन रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रूपैयाँ व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ न्यून हुनेछ ।

सो न्यून स्रोत पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड रूपैयाँ जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋणबाट व्यहोर्ने सरकारकाे याेजना रहेकाे छ ।

हेर्नुहाेस् आर्थिक वर्ष २०८०/०८१काे बजेटकाे पूर्णपाठ













0 प्रतिकृया