Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


नेकका विद्यार्थीलाई करियर काउन्सेलिङ

एक्सन खबर
जेठ, १६, २०८०


नेकका विद्यार्थीलाई करियर काउन्सेलिङ

काठमाडौं, १६ जेठ । सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले सिभिल, आर्किटेक्ट तथा सिभिल एण्ड रुरल विषयका अन्तिम वर्षका विद्यार्थीहरुकालागि करियर काउन्सेलिङ गरेको छ ।

कार्यक्रममा बोल्दै सोसाइटी अफ कन्सल्टीङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङका उपाध्यक्ष इन्जिनियर ठाकुरप्रसाद शर्माले उत्पादित दक्ष जनशक्तिहरुले आफ्नो सीप र क्षमताको सहि सदुपयोग गर्नुपर्ने बताए । सफल हुनकालागि आफुले हासिल गरेको सीप र ज्ञानलाई बजारमा व्यवसायिक रुपमा लैजान बजारको पनि अध्ययन हुनुपर्नेमा जोड दिए ।

अर्कावक्ता नारायणहरि रिजालले पछिल्लो समय इन्जिनियरिङ विधामा बजारको माग अनुसार जनशक्ति उत्पादन नहुँदा अथवा बजारले खोजे जस्तो जनशक्ति उत्पादन नहुँदा समस्याहरु अवसरहरु पाउन चुनौती थपिँदै गएकाले माग र उत्पादनविच तादम्यता खोज्नुपर्नेमा जोड दिए । उज्ववलमान शाक्यले इन्जिनिययरिङ क्षेत्रमा संभावना, अवसर र चुनौति दुवै भइरहेको जनाउँदै आफुलाई सफल बनाउन सदैव क्रियाशिल तथा सृजनशील हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले नेपाल इन्जिनियरिङ कलेजबाट उत्पादित जनशक्तिहरु खाली हात बस्न नपरेको बताउँदै पढेर हासिल गरेको सीपलाई कसरी व्यवसायीकरण गर्ने विषय विद्यार्थीले योजना बनाउनु पर्ने बताए । नेपाल इन्जिनियरिङ कलेजमा पढेको भन्ने वित्तिकै बजारमा राम्रो छाप पर्ने भएतापनि इन्जिनियरिङ क्षेत्रमा बढ्दो प्रतिष्पर्धामा आफुलाई सफल बनाउन विद्यार्थी स्वयं सक्रिय रहनुपर्ने जनाए ।

सरकारी, अर्थसरकारी तथा निजी क्षेत्रहरुले खोजिरहेका विषयहरुमा जानकार रहने, अन्तराष्ट्रिय बजारको अध्ययन गर्ने, नयाँ सोच ल्याउने हो भने इन्जिनियर बनेर खाली हात बसे भन्नुपर्ने अवस्था नआउनेमा प्राचार्य डा. श्रेष्ठको जोड थियो । कलेजबाट पास आउट भएका कतिपय जनशक्ति आफैं स्वरोजगार भएर अरुलाई रोजगारी दिएको उनको भनाई छ ।

नेपाल इन्जिनियरिङ कलेजबाट उत्पादित जनशक्ति देशका विभिन्न क्षेत्रमा क्रियाशिल छन् । कलेजको २८ वर्षे इतिहासमा हज्जारौं दक्ष जनशक्ति उत्पादन भई सरकारीदेखि निजी र अन्तराष्ट्रिय बजारमा पुगेका छन् । प्रयोगात्मक शिक्षण विधिमा बढी जोड दिँदै आएको कलेजमा स्नातक, स्नातकोत्तर तथा पिएचडीसम्मको अध्ययन अध्यापन हुने गरेको छ ।

















0 प्रतिकृया