स्वास्थ्यका उच्च अधिकारी को–कहाँ पुगे ?
एक्सन खबर
काठमाडौं, १७ जेठ । स्वास्थ्यमन्त्री माेहनबहादुर बस्नेतले ९ जना उच्च अधिकारीहरूकाे जिम्मेवारी हेरफर गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका ९ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
मन्त्रिस्तरीय निर्णय अनुसार राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल नियुक्त भएका छन् । मन्त्री बस्नेतले डा. रिजाललाई ट्रमा सेन्टरको मेसु बनाएका हुन् । अर्थोपेडिक सर्जन डा. रिजाल वीर अस्पतालमा कार्यरत थिए ।
ट्रमा सेन्टरका मेसु डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास स्वास्थ्य मन्त्रालय बाेलाइएकाे छ ।
राष्ट्रिय तालिम केन्द्रको जिम्मेवारी डा. अनुज भट्टचनलाई दिइँदा तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र गौतमलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ। परोपराकार प्रसुति तथा स्त्री रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा. श्री अधिकारीले पाएका छन् ।
परोपकार प्रसुतिका निर्देशक डा. पवनजंग रायमाझी पनि मन्त्रालय तानिएका छन् । औषधि व्यवस्था विभागको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ । विभागका महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ ।
0 प्रतिकृया