राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा नेसपाद्वारा स्वागत
एक्सन खबर
काठमाडौं, १७ जेठ । नेपाल समाजवादी पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीत गरेर नागरिकता विहिन नागरिकहरुलाई नागरिकता प्राप्त गर्ने बाटो खोलिदिएको बताएको छ । आज राष्ट्रपति पौडेलले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।
नेसपाका अध्यक्ष महेन्द्र राय यादवले विज्ञप्ति विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक प्रमाणीकरणले संसदीय लोकतन्त्रको मान्यता र संविधान अनुसार संसदको सर्वोच्चता समेत कायम भएको बताएका छन् । ‘विगत लामो समयदेखि तराई–मधेश तगायत अन्य क्षेत्रमा बसोबास गर्ने नागरिकता विहिन रहेका नेपाली नागरिकहरुले नागरिकता प्राप्त गर्ने अधिकार प्राप्त गरेको हुनाले नेपाल समाजवादी पार्टी हार्दिक स्वागत गर्दछ ।’ अध्यक्ष यादवले भनेका छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई÷दुई पटक पारित भएर पनि विगत लामो समयदेखि रोकिएर रहेको नागरिकता विधेयक संविधानको धारा ६१ को (२), (३), (४) तथा संविधानको धारा ६६ बमोजिम सर्वोच्चले प्रतिपादन गरेको सिद्धान्त बमोजिम प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक कुरा रहेको पनि नेसपाले जनाएको छ ।
विधेयक प्रमाणीकरण भएपछि नागरिकता सम्बन्धी धेरै समस्याहरु समाधान हुने पार्टीको विस्वास छ । विधेयक प्रमाणीकरणको गैरआवासिय नेपाली संघ एनआरएनए), सत्तारुढ राजनीतिक दलले स्वागत गरेका छन् । विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ ।
0 प्रतिकृया