Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


मणिपुर हिंसात्मक आन्दोलनमा एक नेपालीभाषीको गयाे ज्यान

एक्सन खबर
जेठ, १८, २०८०


मणिपुर हिंसात्मक आन्दोलनमा एक नेपालीभाषीको गयाे ज्यान

काठमाडाैं, १८ जेठ । पूर्वोत्तर भारतीय राज्य मणिपुरमा एक नेपालीभाषीको ज्यान गएको छ । तीन सातादेखि जारी हिंसात्मक आन्दोलनका क्रममा  रैथाने मणिपुरी र जनजाति कुकी समुदायबीचको हिंसामा परेर सेरोउ गाउँका नेपालीभाषी ५२ वर्षीय रोमनीकुमार पौडेलको मृत्यु भएको हो ।

गत सोमबार सेरोउमा मणिपुरी–कुकीबीच गोली हानाहान हुने क्रममा ज्यान जोगाउन भाग्दा क्रसफायरमा परेर उनको मृत्यु भएको पौडेलका ज्वाइँ लक्ष्मण अधिकारीले जानकारी दिए ।

सोमबारको भिडन्तमा केही सुरक्षाकर्मीसँगै ४० आन्दोलनकारी मारिएका थिए । मणिपुरी र कुकीले एकअर्काका हजारौं घर जलाएका छन् । हिंसात्मक आन्दोलनका क्रममा आन्दोलनकारी, सुरक्षाकर्मी र सर्वसाधारणसहित ८० बढीको ज्यान गइसकेको छ ।

मणिपुर भारतको संवेदनशील राज्य हो । त्यहाँ दर्जनौं उग्रवादी संगठन सक्रिय छन् । मणिपुरी र कुकीका अलग–अलग सशस्त्र गुट छन् ।













0 प्रतिकृया