Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


केएमसीले नेपालमै पहिलो पटक भित्र्यायो अत्याधुनिक ६४ च्यानलको थ्री तेस्ला एमआरआई

एक्सन खबर
जेठ, १८, २०८०


केएमसीले नेपालमै पहिलो पटक भित्र्यायो अत्याधुनिक ६४ च्यानलको थ्री तेस्ला एमआरआई

काठमाडौं, १८ जेठ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएको छ । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक २००/६४ च्यानलको थ्री तेस्ला एमआरआई बिहिबारबाट प्रयोगमा ल्याएको हो ।

नेपालमा यसअघि ३२ च्यानलसम्मका थ्री तेस्ला एमआरआई प्रयोगमा थिए । केएमसीले त्यो भन्दा दोब्बर क्षमताको एमआरआई प्रयोगमा ल्याएको केएमसीको रेडियोलोजी विभागका इन्चार्ज प्रदिप मिश्रले जानकारी दिए । ‘नेपालमै पहिलो पटक हामीले ६४ च्यानलको थ्री तेस्ला एमआरआई प्रयोगमा ल्याएका छौं,’ इन्चार्ज मिश्रले भने, ‘यसअघि ३२ च्यानलसम्मका एमआरआई नेपालमा थिए, यो नेपालमा हालसम्मकै लेटेस्ट एमआरआई हो ।’

बढी क्षमता भएकाले यो एमआरआई छिटो र स्तरीय हुन्छ । सामान्यतया एमआरआई गर्दा ३० मिनेट हाराहारी समय लाग्छ । तर, अन्य मेसिनले ३० मिनेट लगाउने बिरामीलाई यो मेसिनमा करिब ५ मिनेटमै एमआरआई गर्न सकिन्छ । त्यस्तै, यो अत्याधुनिक एमआरआई भएकाले बिरामीको रोग वा समस्या सजिलै र प्रष्टसँग पत्ता लगाउन सकिने रेडियोलोजी बिभागका इन्चार्ज मिश्रले बताए ।

जर्मनमा बनेको सिमेन्स कम्पनीको यो एमआरआई केएमसीले करिब २५ करोडको लागतमा खरिद गरेको हो । अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएर अन्यत्रको तुलनामा सस्तो दरमा सेवा उपलब्ध गराइएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।














0 प्रतिकृया