Follow us:


Follow us

११ कार्तिक २०८३, मङ्गलवार
११ कार्तिक २०८३, मङ्गलवार


कांग्रेसले मेलमिलाप–एकता अभियानलाई परिणाममुखि बनाउने

एक्सन खबर
जेठ, २०, २०८०


कांग्रेसले मेलमिलाप–एकता अभियानलाई परिणाममुखि बनाउने

धरान, २० जेठ । नेपाली कांग्रेसले मेलमिलाप–एकता अभियानलाई परिणाममुखी बनाउने भएको छ । कांग्रेसको सुनसरी क्षेत्र नं. १ को कार्यसमितिले निणर्य गरेको मेलमिलाप–एकता अभियानलाई घरघर गएर भएपनि सफल बनाउनुपर्ने नेताहरुले बताएका छन् ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको ‘मेलमिलाप–एकता अभियान’ सम्बन्धि बैठक तथा छलफलमा नेताहरुले यस्तो बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, नगर सभापति श्याम पोखरेल, पूर्व नगर प्रमुख तिलक राई, पूर्व नगर सभापति किशोर राई, राष्ट्रियसभा सदस्यका प्रत्यासी मिना पुलामी, नेपाल दलित संघ प्रदेश सभापति गोविन्द दर्नाल, रामधुनी नगर सचिव दोस्तीराम चौधरी, प्रदेशसम्मेलन सदस्य रमेश काप्mले लगायतले विचार राखेका थिए ।  














0 प्रतिकृया