Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


स्वदेश फर्किए प्रधानमन्त्री, ऐतिहासिक उपलब्धि भएकाे दावी

एक्सन खबर
जेठ, २०, २०८०


स्वदेश फर्किए प्रधानमन्त्री, ऐतिहासिक उपलब्धि भएकाे दावी

काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शनिबार साँझ ६ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका प्रधानमन्त्री प्रचण्डलाई भारतकी विदेश राज्यमन्त्री मीनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा लगायतले विदाइ गरेका थिए ।

चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायत सात विषयमा सम्झौता गरेका छन् ।

उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए । साथै, शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजा समेत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणलाई ऐतिहासिक उपलब्धिको रुपमा व्याख्या गरे । उनले दीर्घकालीन विद्युत् व्यापारमा धेरै महत्त्वपूर्ण सुरुवात भएको बताए ।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले नेपाल र भारतबीचको सीमा सम्बन्धमा भारतीय प्रधानमन्त्रीबाट आएको सकारात्मक अभिव्यक्तिबाट उत्साहित भएको बताए ।

सीमासम्बन्धी विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीर विषय भएको भन्दै उनले भने, ‘सीमासम्बन्धी विषयमा गम्भिर कुराकानी भएको छ। यसलाई स्थापित कूटनैतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई भनेको छु ।’

नेपाल भारत बीचको पूरानो सम्बन्धलाई अझै बलियो बनाउनेबारे छलफल भएको तथा नेपालकाे विद्युत खरिद गर्ने सवालमा महत्वपूर्ण सम्झाैता र सहमति भएकाे बताए ।













0 प्रतिकृया