Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


राष्ट्रपतिको कदमविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै

एक्सन खबर
जेठ, २१, २०८०




राष्ट्रपतिको कदमविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौं, २१ जेठ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । गत शुक्रबार वरिष्ठ अधिवक्ताद्वय डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति रामचन्द्र पौडेलकाे कदम विरूद्ध रिट दर्ता गराएका थिए ।

अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ । विधेयकमा रहेका प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश पनि माग गरिएको छ  ।

राष्ट्रपति पौडेलले गत बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसको समर्थन र विरोधमा बहस भइरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी समेतले अघिल्लाे राष्ट्रपतिले प्रमाणीकरण नगरेकाे विधेयक बर्तमान राष्ट्रपतिलाइ प्रमाणीकरण गर्ने अधिकार नरहेकाे तथा संसदकाे कार्य मन्त्रिपरिषद्ले गर्ने अधिकार पनि नभएकाे भन्दै विराेध भइरहेकाे छ ।

सत्तारूढ दलहरूले भने राष्ट्रपति पाैडेलकाे कदम सहि भएकाे भन्दै समर्थनमा रहेका छन् ।













0 प्रतिकृया