Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


पूर्वमहान्यायाधिवक्ताहरु उभिए नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तकाे प्रतिरक्षामा

एक्सन खबर
जेठ, २१, २०८०


पूर्वमहान्यायाधिवक्ताहरु उभिए नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तकाे प्रतिरक्षामा

काठमाडौं, २१ जेठ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरुको प्रतिरक्षाका लागि वकालतनामा लेखाएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार सुरु भएको थुनछेक बहसमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षाका लागि कांग्रेस निकटको प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) को टोलीले तयारी गरेको हाे ।

खाँणको पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले समेत बहस गर्दैछन् । बरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे लगायतले पनि खाँणको पक्षमा बहस गर्नेछन् ।

साथै, ललित बस्नेत, डीएलए अध्यक्ष योगेन्द्र अधिकारी लगायत करिव २० भन्दा बढी कानुन व्यवसायीले खाँणको प्रतिरक्षाका लागि बहस गर्न वकालतनामाको फर्म भरेका छन् ।

यस्तै, नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडाल नेतृत्वका कानुन व्यवसायीले बहस गर्ने भएका छन् । अर्का अभियुक्त सचिव टेकनारायण पाण्डेको प्रतिरक्षाका लागि पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ उभिएका छन् ।

कानुन व्यवसायीहरुले वकालतनामा लेखाउने क्रम चलिरहेकाले कानुन व्यवसायीहरुको संख्या बढ्ने छ । आइतबार जिल्ला अदालतमा थुकछेक बहस सुरु हुँदा पूर्वमहान्यायाधिवक्ताहरूले वकालतनामाकाे फर्म भरेका हुन् ।

प्रकरणमा सरकारी पक्षको नेतृत्व जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेले गर्नेछन् । भने, बहसमा सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोगपत्र तयार पार्ने काममा संलग्न भएका ८ जना सरकारी वकिललाई नै जिम्मेवारी दिएको छ ।

जाहेरीकर्ताहरुको तर्फबाट अधिवक्ता स्वागत नेपाल, सुशील शर्मा सापकोटा लगायतले वकालतनामा लेखाएका छन् । प्रकरणमा बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई लगायतले कुनैपनि पक्षबाट बहस नगर्ने भएका हुन् ।













0 प्रतिकृया