Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


फरवार्डद्वारा पवित्राकाे परिवारलाई कर्जा बीमा रकम हस्तान्तरण

एक्सन खबर
जेठ, २१, २०८०


फरवार्डद्वारा पवित्राकाे परिवारलाई कर्जा बीमा रकम हस्तान्तरण

बर्दिया, २१ जेठ । फरवार्ड माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई उद्मशील बनेकी बर्दियाकी पवित्रा खड्काकाे परिवारलाई कर्जा बिमा रकम हस्तान्तरण गरिएकाे छ ।

फरवार्डकाे बासगढी बर्दिया केन्द्र नम्बर २३४ की सदस्य पवित्राकाे माेटरसाइकल दुर्घटनामा असामयिक निधन भएकाे थियाे । फरवार्ड माइक्राेफाइनान्सले पवित्राकाे परिवारलाई कर्जा बीमा रकम अनुसार चार लाख ४० हजार रूपैंया हस्तान्तरण गरेकाे हाे ।

उक्त रकम बासगढी नगरपालिका वार्ड नम्बर ९ का वडाध्यक्ष चन्द्र बहादुर शाही, फरवार्डका शाखा प्रमुख अजय कुमार माझी, कर्मचारी नवराज भट्ट, सबिता कुमारी शाह साथै केन्द्र प्रमुखको उपस्थितिमा चेक मार्फत भुक्तानी गरिएकाे फरवार्डले जनाएकाे छ ।

फरवार्ड माइक्राेफाइनान्सले कर्जा लगानी गर्दा नै कर्जाकाे बीमा गर्ने गर्दछ । कुनैपनि ग्राहक सदस्यकाे असामयिक निधन भएकाे अवस्थामा उसले लिएकाे सम्पूर्ण कर्जा मिनाहा हुनुका साथै उसकाे परिवारलाई किरिया खर्च समेत उपलब्ध गराइने गरिएकाे छ ।

महिला सशक्तिकरणकी अभियान्ता हाल प्रतिनिधि सभा सदस्य भगबती चाैधरीले गाउँगाउँमा रहेका महिलाहरूलाई स्वाबलम्बी बनाउने उद्देश्यले स्थापना गरेकाे ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) ले सामाजिक सचेतना फैलाउँदै महिलाहरूमा वित्तीय साक्षरता अभियान चलाइरहेकाेमा त्यसैलाई आधार बनाएर २०६९ सालमा माइक्राेफाइनान्सकाे स्थापना गरिएकाे थियाे ।

हाल फरवार्ड माइक्राेफाइनान्स देशका ४० जिल्लाहरूका ३ लाख बढी महिला सदस्यहरू माझ पुगेकाे छ ।














0 प्रतिकृया